स्थानीय निर्वाचन
'फेसबुकमा चरित्रहत्या हुने खालका अडियो वा भिडियो प्रसारण नगर्नू'
फाइल तस्बिर
काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरोले चुनावी माहोल बिगार्ने गरी भ्रामक, दुष्प्रचार देखि चरित्रहत्या हुने अडियो वा भिडियो सामाजिक सञ्जालमा प्रसारण गर्न आग्रह गरेको छ । लिखित मन्तव्यलाई दुराशय मनसायबाट इडिट गरेर गलत अर्थ लाग्ने गरी विद्युतीय माध्यममा अपलोड नगर्न बताएको हो ।
ब्यूरोले अनुरोध गरी जारी गरेको सूचनामा लेखिएको छ,' प्रचलित ऐन, कानूनले प्रकाशन/ प्रशारण तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सार्वजनिक, नैतिकता, शिष्टाचार विरुद्धका सामग्री पोष्ट गर्ने र प्रकाशन गर्ने गतिविधि नगरिदिनु ।'
आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि गत निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७८ जारी गरिसकेको छ । चैत २५ गते निर्वाचन आचार संहिता लागू भइसकेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया