सीमा नाका बन्द गर्न सरकारलाई पत्र पठाउने आयोगको निर्णय
फाइल तस्बिर
काठमाडौँ - निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सरकारसमक्ष सीमा नाका बन्द गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगका अनुसार वैशाख २७ गते (मंगलबार) राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गराउने प्रबन्ध मिलाउन निर्वाचन आयोगले नेपाल सरकारलाई पत्र पठाउने निर्णय गरेको हो ।
स्थानीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन सीमा नाका बन्द गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ ।
मतदानको दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात सेवा बन्द गर्नसमेत सरकारलाई आग्रह गरेको छ । आयोगले ४८ घन्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्नसमेत सरकारलाई पत्र लेखी पठाएको छ ।
वैशाख २७ गते राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म तोकिएको क्षेत्रमा मात्र मादक पदार्थको बिक्री वितरण गर्न दिने र सेवनमा कडाइ गर्न पनि गृह मन्त्रालयलाई आयोगले पत्र पठाइसकेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया