दृष्टिविहीन र अशक्त व्यक्तिले मतदान केन्द्रमा सहयोगी लैजान पाउने
प्रतिकात्मक तस्बिर
काठमाडौँ- स्थानीय निर्वाचनमा सहभागी हुने दृष्टिविहीन तथा शारीरिक अशक्त व्यक्तिले मतदान केन्द्रमा सहयोगी लैजान पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मतदान अधिकृतलाई मतदाताले दृष्टिविहिन वा शारीरिक अशक्तता भएको आधिकारिकता प्रस्तुत गर्नुपर्ने छ । मत संकेत पहिचान गर्न नसक्नेहरूले सहयोगी लैजान सक्ने व्यवस्थालाई सहजीकरण गर्न आयोग सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतलाई आग्रह समेत गरेको छ ।
मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा अधिकृतले मतदाताको इच्छा अनुसार मत संकेत गर्नुपर्ने काममा सहयोग गर्नुपर्ने स्थानीय निर्वाचन निर्देशिकामा रहेको आयोगले जनाएको छ ।
आयोगले उक्त मतदाता घरको सदस्य नभइ सहयोगी हुन भनेर स्पष्टसँग सरोकारवालालाई आग्रह गरेको छ ।
दृष्टिविहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाई सँगै जान अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफैं मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकीन गरी अनुमति दिनुपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
'दृष्टिविहीन मतदाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मत संकेत गर्नुपर्ने व्यवस्था रहेको छ,' आयोगद्वारा जारी विज्ञप्तिमा लेखिएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया