प्रमुख समाचार

निर्वाचनको दिन कस्ता सवारीसाधनलाई पास चाहिँदैन ?

इकागज |
बैशाख २७, २०७९ मंगलबार ९:१४ बजे

काठमाडौँ - बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लागि आज रातिदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा विभिन्न क्रियाकलाप गर्न पाइँदैन । शुक्रबार अत्यावश्यकीय सवारीबाहेक सार्वजनिक सवारी चल्दैनन् । मिडियालगायतका सवारीलाई आयोगले पासको व्यवस्था गरेको छ । 

तर, अत्यावश्यकीय सवारीसाधनका लागि भने पास नचाहिने भएको छ । एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारीसाधन,  दमकल, दुरसञ्चार तथा केवल सेवा, शववाहन, स्वास्थ्यकर्मी आवागमन हुने साधनका लागि पास चाहिँदैन । 


त्यस्तै अस्पतालमा कार्यरत चिकित्सकले प्रयोग गर्ने सवारीसाधन, फोहोरमैला ढुवानी गर्ने साधन, तरकारी र फलफूल ओसार्ने साधन, विद्युत सेवा जस्ता अत्यावश्यक सवारीसाधन  र सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारीसाधनलई निर्वाचनको दिन सवारी पास नचाहिने निर्वाचन आयोगले जनाएको छ ।


Author

थप समाचार
x