प्रमुख समाचार

टेकुमा डेंगु, चिकनगुनिया र जिका भाइरसको नि:शुल्क परीक्षण

इकागज |
बैशाख २७, २०७९ मंगलबार १८:२९ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु, चिकनगुनिया र जिका भाइरसको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ ।

गर्मी मौसम सुरु भएसँगै डेंगु, चिकनगुनिया र जिका भाइरसको जोखिम बढेकाले सरकारले निःशुल्क परीक्षण सुरु गरेको हो । डेंगु, चिकनगुनिया र जिका जस्ता भाइरसबाट सुरक्षित रहन परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको छ ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा डेंगु, चिकनगुनिया र जिका भाइरसको लक्षण देखिएकाले परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको हो ।

त्यस्तै कोभिड-१९ भाइरसको लक्षण देखिएका व्यक्तिलाई प्रयोगशालामा निःशुल्क परीक्षण हुने गरेको छ ।

Image


Author

थप समाचार
x