प्रमुख समाचार

यी ६ ठाउँमा आइतबारबाट रात्रीकालीन उडान हुने

इकागज |
बैशाख २९, २०७९ बिहीबार १२:८ बजे

फाइल तस्बिर

काठमाडौँ- बुद्ध एयरले मुलुकभरको ६ ठाउँमा रात्रीकालीन उडान सेवा भर्ने भएको छ । आगामी आइतबार (मे १५) बाट हुने उडानमा जनकपुर, विराटनगर, नेपालगञ्ज, भैरहवा, भद्रपुर र सिमरामा सस्तोमा उडान सेवा बिस्तार गर्न लागेको बुद्ध एयरले जनाएको छ ।

रात्रीकालीन उडान सेवा ८ बजेदेखि हुनेछ । नागरिक उड्डयन प्राधिकरणबाट उडान स्वीकृत लिँदा १३ प्रतिशत रात्रीकालीन उडान भर्नुपर्ने व्यवस्था रहेको छ ।


दैनिक कामकाजमा व्यस्त यात्रुका लागि रात्रीकालीन उडान आकर्षक हुने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । रात्रीकालीन उडान बिहान र दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि प्रस्ट पारेको  छ ।

एयरले रात्रीकालीन उडान हुने गन्तव्यमा त्यहाँको प्रदेश र स्थानीय सरकारसँग सार्वजनिक यातायातको सुविधाको लागि अनुरोध गरेको छ । यात्रुहरूको थप आवतजावतले स्थानीयस्तरमा रोजगारीमा सिर्जना हुने र राजस्व वृद्धि हुने बुद्ध एयरले विश्वास लिएको छ ।

एयरले काठमाडौँमा 'टुटल' सँग समन्वय गरि रात्रीकालीन उडान भर्ने यात्रुलाई लक्षित गरी ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको छ ।

दोस्रो हब भैरहवा पोखरा विमानस्थललाई बुद्ध एयरले सबै प्रदेशबाट सिधा उडानले जोडिसकेको छ । यसबाट व्यापारिक र विशेषगरि लाभान्वित बनेका छन् । त्यस्तै, भैरहवाबाट पोखरा र भरतपुरको उडान सुरु भइसकेको छ ।

यस्तै, बुद्ध एयरले भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा उडान भर्ने योजना राखेको छ । एयरले भगिनी संस्था बुद्ध होलिडेजमार्फत पर्यटकका लागि होलिडे प्याकेजहरू पनि सञ्चालन गरिहेको छ ।


Author

थप समाचार
x