दोलखाको वैतेश्वर २ मा रोकिएको चुनाव सुरु
फाइल तस्बिर
काठमाडौँ- दोलखाको वैतेश्वर गाउँपालिकाको वडा २ चुनाव कार्यक्रम सुरु भएको छ । एमाले र कांग्रेसका कार्यकर्ताको झडप हुँदा वडा २ मा चुनाव सुरु हुन सकेको थिएन । वडा २ मा केही समय अघि मात्र चुनाव सुरू भएको गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत वशिष्ठ घिमिरेले इकागजलाई जानकारी दिए ।
'बाँकी १ र ३ वडामा अझै चुनाव हुन सकेको छैन,' उनले भने । मतदान चलिरहेको समयमा आफ्नो मतदान केन्द्रमा दुवै पार्टीले आ-आफ्नो बढी प्रतिनिधि राख्नुपर्ने भन्दै झडप सुरु भएको थियो ।
'वडा १ मा केही समय निर्वाचन भए पनि अहिले स्थगित भएको छ,' उनले भने,' वडा ३ मा पूर्ण रुपमा रोकिएको छ । चुनाव गर्न छलफल चलिरहेको छ ।
मतदान केन्द्रमा आफ्नो पार्टीको मात्र प्रतिनिधि राख्ने विषयमा झडप भएको घिमिरेले जानकारी दिए । बिहान केही समयअघि भीडलाई नियन्त्रण लिन हवाइ फायरसमेत भएको थियो उनले बताए ।
सर्वदलीय बैठक बसेर पुनः मतदान सुरू गर्ने विषयमा छलफल भइरहेको छ । सर्वदलीय बैठकपछि पुनः मतदान हुने उनले सुनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया