प्रमुख समाचार

काठमाडौँ महानगरले प्राङ्गारिक मल बन्‍ने र नबन्‍ने फोहर छुट्याएर संकलन गर्ने

इकागज |
चैत १५, २०७७ आइतबार ७:६ बजे

काठमाडौँ  : काठमाडौँ महानगरपालिकाले प्राङ्गारिक मल बन्‍ने र नबन्‍ने फोहर छुट्याएर मात्र संकलन गर्ने भएको छ । फोहर संकलनलाई थप व्यवस्थापन गर्नका लागि आगामी वैशाखदेखि कामपा-४ बाट यस कार्यको थालनी गर्न लागेको हो । 

वैशाखको १ गतेदेखि निश्चित टोल सुधार क्षेत्रबाट अभियान थाल्ने बताउँदै नेप्सेम्याक सेवा प्रालिका प्रवन्धक मीत्र घिमिरेले अभियान थालिएका ठाउँमा फोहर वर्गीकरण नभए सङ्कलन नगरिने योजना रहेको उल्लेख गरे । वडाभित्र श्री प्रतिष्ठान तथा मिलीजुली टोलसुधार समिति, सारा, दीपज्योती मार्ग, महालक्ष्मी, आशिष मार्ग, पञ्चकुमारी, चुनदेवी, मिलीजुली चुनदेवी गैरी, टुसाल, सरस्वती टोलसुधार समितिसहित क्लव र उपभोक्ता समिति छन् । 


जाल्पादेवी, शिवप्रिया मार्ग, तल्लो बालुवाटार र जनमार्ग उपभोक्ता समितिले वडामा काम गरिरहेका छन् । यसैगरी, धुम्रवराह, जागरण र  पञ्चकन्या युवा क्लव सक्रिय छन् । विशाल मिलन केन्द्र र महिला जागरण समिति पनि वडाका सक्रिय सामाजिक संघसंस्था हुन् । 

यीनै टोल सुधार समिति, उपभोक्ता समिति र युवा क्लवको सहयोगमा प्राङ्गारिक मल बनाउन सक्ने र नसक्ने फोहर छुट्याउने अभियान थालिने भएको हो । (रासस)
 


Author

थप समाचार
x