भरतपुरमा विजयभन्दा रेणु ८० मतले अगाडि
फाइल तस्बिर
चितवन- भरतपुर महानगरपालिकामा रेणु दाहाल ८० मतले अग्रता लिएकी छिन् । उनले महानगरको मतगणना जारी रहँदा १ हजार ७ सय २७ मत प्राप्त गरेकी छिन् ।
चार हजार ८ सय ७७ मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले १ हजार ७ सय २७ मत ल्याएकी हुन् ।
एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ हजार ६ सय ४७ मत ल्याएका छन् । अहिले भरतपुर २ मा मत गणना भइरहेको छ । २ मा हालसम्म १६ मतपत्र गणना भएको छ ।
अहिले तीन वटा केन्द्रबाट गणना भइरहेकाे छ । यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेकाे थियाे । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।
महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् । भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया