हामीले प्राज्ञभन्दा परामर्शदाता बढी पैदा गर्याैं
असाध्यै मिहिनेतसाथ ‘नेपाल विद्या’ पुस्तक लेख्नुभएकामा केदार वाशिष्ठजीलाई बधाइ दिन्छु र धन्यवाद पनि । म यस पुस्तकको विज्ञ त होइन तर यसबारे सामान्य ज्ञान भने राख्छु ।
मलाई लाग्छ, नेपाल विद्या एकदमै आवश्यक विषय हो । यसमा हामीले छलफल गर्दै जानुपर्छ । मैले किताब पढेँ र पढ्दा धेरै रमाइलो पनि लाग्यो । धेरै जानकारी पनि पाएँ । विशेष गरी लुम्बिनीको उत्खननबारे जुन कन्ट्रोभर्सी (विवाद) आयो, ब्रिटिस इन्डियाले के कस्तो खेल खेल्न खोजेको थियो भन्ने यस पुस्तकमा लेख्नुभएको छ । त्यसबारे छुट्टै एउटा किताब निकाले पनि हुन्छ ।
पुस्तकमा उहाँले धेरै लाइब्रेरी रिसर्च गर्नुभएको छ, म उहाँबाट प्रभावित भएँ । सिध्दान्तको कुरा गर्दा धेरै विद्याबारे कुरा गर्नुभयो, परिभाषाहरू पनि दिनुभयो । हुँदाहुँदा त्यसमा एडर्वड सेडको ओरिएन्टलिज्मबारे पनि कुरा गर्नुभयो । ओरिएन्टलिज्मले कसरी पश्चिमका स्कलर (प्राज्ञ) हरूले पूर्वका संस्कृति समाजलाई अध्ययन गर्दा अतिरञ्जित ढंगले युरोपको लाइफस्टाइलभन्दा अलि फरक देखाउने गरेर अतिरञ्जना गर्छन् भन्ने कुरालाई एडवर्ड सेडले भनेको कुरालाई पनि उहाँले लेख्नुभएको छ ।
त्यस्तै कुरा गर्दा उहाँले देशीय विद्या भन्नुभएको छ । मलाई लाग्छ देशीय विद्या कन्ट्रिस्पेसिफिक स्टडी होला । यसो गर्दै उहाँले नेपाल विद्याको कुरा गर्नुभयो । नेपाल विद्याको कुरा गर्दा उहाँले धेरै राइटर जस्तो सिल्भा लेभी, कृष्णप्रकाश श्रेष्ठजी लेख्नुभएको मिनाएभ र नेपाल आदिको धेरै उध्दृत गर्नुभएको छ । उहाँले विदेशी लेखकहरूले नेपाल विद्यामा कति योगदान गरेका छन् भन्ने कुरामा पनि धेरै चर्चा गर्नुभएको छ । र, त्यो चर्चाका साथै उहाँले त्यो गर्दा उनीहरूले केके कुरामा भुलचुक गरे भन्ने पनि औँल्याउनु भएको छ ।
मलाई के लाग्छ भने विदेशीहरूको योगदान निकै नै छ । टोनी हागनले जुन स्टडी गरे जियोलोजिकल नेपालका बारेमा मलाई लाग्छ त्यो नेपालका बारेमा सबैभन्दा पहिलो साइन्टिफिक स्टडी थियो । मेरी स्लसरले नेपाल मण्डल भनेर जुन अध्ययन गरे नेपालको, हुन त कति यहाँका सँग सोधिएको छ पण्डित हेमराज, धनवज्र वज्राचार्य, दिनेश पन्त उहाँहरूकै ग्रुपलाई धेरै सोधेर लेखिएको थियो । त्यसको क्रिटिसिज्म÷क्रिटिक पनि कमलप्रकाश मल्लले लेख्नुभएको थियो त्यो पनि नेपाली काठमाडौं भ्यालीको कल्चरबारे निकै ठूलो योगदान जस्तो लाग्छ मलाई ।
त्यस्तै डेभिड गेल, जो अहिले अक्सफोर्ड युनिभर्सिटीमा प्रोफेसर हुनुहुन्छ उहाँले पनि नेवारी बुध्दिज्मबारे काठमाडौं भ्यालीबारे पुस्तक लेख्नुभएको छ । उहाँको योगदान धेरै नै छ । धेरै होइन तीन चार वर्षअघि एउटा पुस्तक प्रकाशन भएको थियो धेरै नै महँगो पुस्तक, मैले पनि किन्छु भनेर कोसिस गरेको थिएँ, तर सकिनँ । दाम हेर्दा ७५० डलर रहेछ । आर्टिटेक्चर अफ दी नेवारर्स भनेर निएल्स गुट्स्चोले लेखेको । यो पनि निकै गहन अध्ययनपछि लेखेको हो ।
मैले सोधेको थिएँ एकजना प्रकाशकलाई यत्रो महँगो किन भयो यो किताब भनेर । उसले भन्यो, हैन सर हेर्नुस् न उसको ४० वर्षको अध्ययन हो यो । फोर्टी इयर्स उसले नेवारी आर्टिटेक्चरको अध्ययनमा बिताएको हो उसले ।
त्यस्तै अरू धेरै एथ्निक स्टडिज भएका छन् । पश्चिमा देशका मान्छेहरूले स्कलरहरूले गरेका छन् । नेवारका बारेमा गरेका छन्, गुरुङमा गरेका छन्, शेर्पामा गरेका छन्, मगरमा गरेका छन्, गोर्खाज्मा गरेका छन् । मेरो विचारमा यी सबैले नेपाल विद्यालाई धनी बनाएका छन् । अब त्यसमा के ठिक छ÷छैन भने हाम्रो आफ्नो प्रस्पेक्टिभ हो ।
मेरो विचारमा नेपाल विद्यामा हाम्रै योगदान, विशेष गरेर इतिहासमा, हाम्रो संस्कृतिमा, धर्मको विषयमा कमजोर छ । इतिहास संशोधनको कुरा गरौं महेशराज पन्त, गौतमवज्र वज्राचार्य, ज्ञानमणि नेपाल अहिले पनि एक्टिभ हुनुहुन्छ । आधुनिक सेक्टरमा आउँदा चाहिँ सबैभन्दा प्रोमिनेन्ट काम चाहिँ महेशचन्द्र रेग्मीले गरे जस्तो लाग्छ, जसले एसियाको नोबल प्राइज भनिएको (म्यागासेसे पुरस्कार) त्यो समेत पाउनुभएको थियो । उहाँको विशेष दक्खल ल्यान्ड टेन्योर र ल्यान्ड रिफर्ममा थियो । मेरो विचारमा त्यसमा उहाँले निकै राम्रो योगदान गर्नुभएको थियो । अब सरकारकै कुरा गर्दा पञ्चायतकालमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको विवरण किताबहरूमा आएको थियो । मेरो विचारमा नेपाल विद्यामा यसको पनि ठूलो भूमिका छ ।
हामी कोटमा नेपालको राष्ट्रिय झन्डा त राख्छौं तर राष्ट्रियता चाहिँ कसरी बलियो हुन्छ भन्ने थाहा पाउँदैनौं ।
मलाई कताकता के पनि लाग्छ भने यत्रा ठूला काम विदेशीले गरे त्यसको तुलनामा हामीले जति गर्नुपर्ने हो हामीले गर्न सकेका छैनौं कि ? त्यसको कारण के हो भनेर खोज्दा एउटा चाहिँ सायद अर्थको जोहो पनि हो । उनीहरूलाई ठूल्ठूला फन्ड दिइन्छ । कोही बेला नेसनल जोग्राफिक फन्ड भन्छ, फोर्ड फाउन्डेसनको फन्ड भन्छ, ओपन सोसाइटीको फन्ड भन्छ यस्ता फन्डहरूले उनीहरूलाई धेरै मद्दत गर्छ । हाम्रोमा त्यो फन्डिङ छैन, त्यस्तो फन्डिङ कसरी लिने भन्ने पनि हामीलाई थाहा हुन्न ।
अर्को कुरा हामीलाई कस्तो लाग्छ भने हाम्रो प्राथमिकता पनि कम पो भयो कि ? नेपालमा जाबो एउटा पुस्तकालय त हामीले राम्रोसँग खोल्न सकेका छैनौँ । हामी कोटमा नेपालको राष्ट्रिय झन्डा त राख्छौं तर राष्ट्रियता चाहिँ कसरी बलियो हुन्छ भन्ने थाहा पाउँदैनौं । हाम्रोमा एउटा राष्ट्रिय पुस्तकालय नै छैन । वास्तवमा मलाई कस्तो लाग्छ भने नेपालसँग सम्बन्धित कुनै पुस्तक, कुनै लेख, संसारको जुनै कुनामा भए पनि त्यो पुस्तकालयमा आउनु पर्छ । सबै चिज नेपाल संग्रहमा हुनुपर्छ, त्योसमेत हामीसँग छैन । त्यसकारण मलाई नेपाल विद्या प्राथमिकतामा पनि परेन कि जस्तो लाग्छ ।
फेरि हाम्रो प्राज्ञिक परम्परा पनि अलि कमजोर भयो कि जस्तो लाग्छ । हामीले कताकता विश्वविद्यालयबाट स्कलर्स (प्राज्ञ) पैदा गर्नुभन्दा पनि कन्सल्टेन्ट (परामर्शदाता) पो पैदा गर्र्यौं कि ? जुन क्षेत्रमा आईएनजीओ एनजीओहरूको गतिविधि हुन्छ प्राध्यापकहरू तिनमा विशेष कन्सल्टेन्ट हुनुभयो । बरु त्यो क्षेत्रमा नलाग्नेले चाहिँ राम्रो राम्रो प्राज्ञिकता देखाउनुभएको छ ।
युनिभर्सिटी परम्परा पनि कस्तो भयो भने हामीले विश्वविद्यालयमा स्मरण शक्तिलाई बढी जोड दियौँ । प्रश्न सोध्दा पनि पृथ्वीनारायण शाहले नेपाल खाल्डोमा हमला गर्नुभन्दा अगाडि नेपाल खाल्डो कस्तो थियो ? लेखभन्दा स्मरण गरेर क, ख ग, घ ... मा लेख्छौँ । पृथ्वीनारायण शाहले नेपाल खाल्डो जित्न हमला गर्दा, गर्दा, गर्दा ... उनी असफल भइदिएको भए अहिले नेपालको अवस्था के हुन्थ्यो त ? भनेर हेर्दैनौँ । अल्टरनेटिभ हिस्ट्री भन्छ नि, त्यसबारे के सोच्छौ तिमीले भनेर त्यस्तो खालको पो प्रश्न सोध्नुपर्ने हो । विश्लेषण गर्न सक्नुपर्ने, आफ्नो विचार दिन सक्नुपर्ने, अर्काको विचारलाई केलाउन सक्ने, नयाँ कुरा राख्ने, समस्या सुल्झाउने विद्या दिइनुपर्ने हो ।
जसलाई बेन्जामिन ब्लुमले हायर कग्निटिभ लर्निङ भन्छन् । हामीले हायर कग्निटिभ लर्निङ नसिकाएर सबैभन्दा लोएस्ट कग्निटिभ लर्निङमा जोड दिएका छौं, स्मरण शक्तिको परीक्षण मात्र । त्यसले गर्दा पनि स्कलर्सिप (प्राज्ञिकता) भन्ने कुरा चाहिँ प्रमोट गर्न सकेनौँ कि ? बरु विश्वविद्यालयभन्दा बाहिर, भनिहालेँ नि महेशचन्द्र रेग्मी होला, हर्क गुरुङ होला, कमलप्रकाश मल्ल, पन्तज्यूहरू हुनुहुन्छ विश्वविद्यालयभन्दा बाहिर उहाँहरूको योगदान धेरै भयो जस्तोे लाग्छ ।
एउटा अर्को कुरा, ज्ञान केका लागि ? भन्ने हुन्छ । यसको उत्तर उपयोगी कुराका लागि वा उपयोगका लागि होला अथवा ज्ञान ज्ञानका लागि भन्ने होला । स्कलर वा ब्रिटिस अथवा कोलोनियल पावरमा भएका मानिसहरू इन्डिया, बर्मा आदिमा धेरै अध्ययन गर्थे । त्यतिबेला क्यामेरा थिएन पेन्सिल लिएर चित्र बनाउँथे वा पेन्टिङ गर्थे कतिपयले चराको अध्ययन गर्थे । तिनै हाउसवाइफ महिलाबाट बनाएका चित्र पेन्टिङबाट पनि हामीले हाम्रो मल्ल कालका कतिपय कुरा पत्ता लगाउँछौँ । उनीहरू पहिलेदेखि नै त्यसरी लागे । त्यो उनीहरूको प्रयोगका लागि पनि हुन सक्छ, अथवा ज्ञानका लागि ज्ञानको सन्दर्भमा पनि हुन सक्छ ।
नेपाल विद्याका बारेमा, यसको महत्वका बारेमा वाशिष्ठजीले यस पुस्तकमा धेरै भन्नुभएको छ । मेरो विचारमा यो पुस्तक सबैले पढ्नुपर्ने गहकिलो पुस्तक हो । विद्याको महत्त्व त यति धेरै छ कि म जहिले पनि एकजना टर्किस कविलाई क्वोट गर्छु । ती कवि भन्छन् :
लर्निङ इज टु अन्डस्र्यान्ड,
अन्डस्र्यान्ड हु यु आर
इफ यु नो नट हु यु आर
ह्वाट इज दी पोइन्ट अफ लर्निङ ?
लर्निङ भनेको नै आफूलाई चिन्ने हो । तिमी आफूलाई नै चिन्न सक्दैनौ भने तिमीलाई त्यो पढाइको के काम ? भन्छ उसले । मलाई पनि कता कता के लाग्छ भने वास्तवमा हामीले आफ्नो देशलाई चिन्नैपर्छ । यहाँको हाम्रो इतिहास, भूगोल, समाज, संस्कृति, हाम्रा चुनौती के के हुन् ? हाम्रा अवसर के के छन् ? हाम्रा छिमेकी कोको हुन् ? अन्तर्राष्ट्रिय रूपमा हामी कोकोसँग डिल गर्छौँ ? मेरो विचारमा यी सब कुराको राम्रो गहन अध्ययन तहतहमा सुरु हुन्छ । विशेष गरेर केटाकेटीबाटै सुरु हुनुपर्ने जस्तो लाग्छ ।
पुस्तकमा उहाँले धेरै लाइब्रेरी रिसर्च गर्नुभएको छ, म उहाँबाट प्रभावित भएँ । सिध्दान्तको कुरा गर्दा धेरै विद्याबारे कुरा गर्नुभयो, परिभाषाहरू पनि दिनुभयो ।
नेपाल परिचय भनिन्छ नि त्यो नेपाल विद्याको सानो भन्नोस् न इन्ट्रोडक्टरी रूप होला सायद । त्यसबाट जानुपर्ने हो कि जस्तो लाग्छ ।
केदारजीले यस पुस्तकमा देशीय विद्याको कुरा गर्नुभएको छ । यो कुरा गर्दागर्दै मलाई के लाग्छ भने हामीले आफंैलाई मात्र चिनेर पनि हुँदैन, अरूलाई पनि चिन्नुपर्छ । मैले दुई हजार वर्षअघिको आर्ट अफ वारमा सुन चुले लेखेको एउटा प्याराग्राफ याद आउँछ । उसले के भन्छ भने : तिमीले अरुलाई चिन्छौ र आफूलाई पनि चिन्छौ भने सयौँ युध्दमा पनि तिमी जोखिममा पर्दैनौ । तिमीले अरूलाई चिन्छौ तर आफूलाई चिन्दैनौं भने तिम्रो एक जित हुन्छ एक हार हुन्छ । तिमीले अरूलाई चिन्दैनौ र आफूलाई पनि चिन्दैनौ भने हरेक युध्द तिम्रा लागि जोखिम हुन्छ ।
भन्नाले हामीले सबैभन्दा पहिला आफूलाई चिन्नुप¥यो, देश चिन्नुपर्यो । हाम्रा ब्युरोक्याट्स् हुनुहुन्छ पोलिसी मेकर्स हुनुहुन्छ, फरेन अफेयर्समा काम गर्ने हुनुहुन्छ, नेताहरू हुनुहुन्छ पहिला कुरा त हामी आफूले हाम्रो राष्ट्रलाई चिन्नुपर्यो । त्यसपछि हामीले हाम्रो व्यवहार भएका राष्ट्रहरू चिन्नुपर्छ ।
त्यसैले मलाई लाग्छ, सेन्टर फर नेपाल एन्ड एसियन स्टडिज (सिनास) भन्ने जुन संस्था छ त्यसमा मैले कुरा त गरेँ तर इप्लिमेन्ट भने गर्न सकिनँ । मेरो विचारमा सिनासभित्र पनि सानासाना अफिस हुनुपथ्र्यो । एउटा इन्डिया डेस्क भनेर इन्डियाका बारेमा मात्र अध्ययन गर्ने, अर्को चाइना डेस्क चाइनाका बारेमा मात्र अध्ययन गर्ने । यी दुईवटा ठूला छिमेकी हुन् र यिनीहरूसँग व्यवहार गर्दा यिनीहरूलाई त चिन्नुपर्यो नि हामीले । भोलि गएर एक जना ठूला मान्छेले एग्रिमेन्टमा साइन गएर गएपछि त्यसको इम्प्लिकेसन नेपाललाई के हुन्छ त ? यसको के हो भन्ने कुरा थाहा हुनुपर्यो नि । हो, त्यसलाई पनि उहाँले जुन गर्नुभयो हाम्रो आफ्नो अध्ययन त छँदै छ अरूको अध्ययनमा पनि हामी लाग्नुपर्छ भन्ने मलाई लाग्छ ।
केदार वाशिष्ठले नेपाल विद्यामा यसबारे राम्रो सुरुआत गर्नुभएको छ । मलाई लाग्छ, यो उहाँको पुस्तक टेक्स्ट बुकभन्दा पनि रेफ्रेन्स बुकमा धेरै उपयोगी हुनसक्छ । उहाँले एउटा बाटो देखाउनुभएको छ । उहाँलाई म फेरि पनि बधाइ दिन्छु र धन्यवाद पनि दिन्छु । विश्वविद्यालयहरूमा र पुस्तकालयहरूमा पनि यो पुस्तक जान्छ होला । यसले ज्ञान बढाउन सहयोग गर्छ ।
लेखक : केदार वाशिष्ठ
पुस्तक : नेपाल विद्या : सिध्दान्त र प्रयोग
प्रकाशक : विद्यार्थी पुस्तक भण्डार
मूल्य : ६५० रुपैयाँ
पृष्ठ : ४१८
(२०२० डिसेम्बर १ का दिन लुम्बिनी कपिलवस्तु दिवसका अवसरमा पुस्तक लोकार्पण कार्यक्रममा प्राध्यापक माथेमाबाट व्यक्त विचार ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया