संसद्

राज्य संयन्त्रको दुरुपयोग गरेर निर्वाचन त पञ्चायतले पनि गर्दैनथ्योः ओली

इकागज |
जेठ १२, २०७९ बिहीबार ११:३५ बजे

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन निश्पक्ष हुन नसकेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले निर्वाचनमा व्यापक धाँधली गरेको बताए ।

सत्ता र शक्तिको दुरुपयोग गरेर सरकारले निर्वाचनमा धाँधली गरेको उनको आरोप छ । ‘निर्वाचन निश्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण हुनुपर्छ । निर्वाचन स्वच्छ, धाँधलीरिहत हुन सकेन,’ उनले भने, ‘सत्ता पक्षले बुथ कब्जा गरेका ठाउँमा प्रहरी निरिह बन्यो । राज्य संयन्त्रको दुरुपयोग गरेर यस्तो निर्वाचन त पन्चायतले पनि गर्दैनथ्यो ।’



Author

थप समाचार
x