लोकतान्त्रिक मूल्य मान्यता र अभ्यासको घाटी निमोठियो : ओली
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा सरकारले मतदान गर्न अवरोध गरेको आरोप लगाएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले कतिपयले मतदातालाई छेकेर मतदान गर्ने जान नदिएको आरोप लगाए ।
‘निर्वाचनमा कतिपयले बाटो छेकेर मतदान गर्न पाएनन् । यो मतदाताको मात्रै कुरा होइन,’ उनले भने, ‘लोकतन्त्र र मर्यादाको बाटो छेकियो । निर्वाचन प्रणाली र अभ्यासको बाटो छेकिएको हो । यो चानचुने कुरा होइन । यसको अर्थ लोकतान्त्रिक मूल्य मान्यता र अभ्यासको घाटी निमोठियो ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया