वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई ओलीको चुनौती
काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले वाइडबडी र ३३ किलो सुन काण्डको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले सरकारलाई वाइडबडी, ३३ किलो सुनकाण्ड छानबिन गर्न चुनौती दिएका हुन् ।
‘वाइडबडीदेखि अन्यमा मलाई जोडियो। यसमा कसले सम्झौता गर्यो, कसले भुक्तानी दियो ?' उनले भने, 'मैले त सम्झौता भएपछि अन्तिम किस्ता मात्र दिएको हुँ । ‘यसमा पनि भ्रष्टाचार भएको लाग्छ भने छानबिन गर्नुस्, को–को कसरी संलग्न छन्।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया