संसद्

सरकारले आयल निगमलाई निजीकरण गर्न खोजिएको भन्ने विषय भ्रामक हो : मन्त्री बडु

इकागज |
जेठ १३, २०७९ शुक्रबार ११:४४ बजे

काठमाडाैं– उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल सरकारले नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भन्ने विषय पूर्णतया आधारहीन, भ्रामक र असत्य रहेको  बताएका छन् । मन्त्री बडुले संसदमा बोल्दै यस्तो बताएका हुन् ।

‘नेपाल सरकारले नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भन्ने विषय पूर्णतया आधारहीन, भ्रामक र असत्य रहेको छ,’ उनले भने, ‘आयल निगमलाई निजीकरण नभइ प्रशासनिक, वित्तिय एवम व्यवस्थापकीय रुपमा सुधार गरि चुस्त दुरुस्त राख्दै प्रतिस्पर्धी बनाउने अध्ययन भइरहेको जानकारी गराउन चाहान्छु ।’



 मन्त्री बडूले पेट्रोलिय पदार्थको आपूर्तिलाई सहज र प्रतिस्पर्धी बनाउन नेपाल आयल निगमका साथै निजी क्षेत्रलाई पनि आपूर्तिमा समावेश गराउने विषयमा आवश्यक सुझाव पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा गठित कार्यदललाई आदेश दिइएको उनले बताए ।


Author

थप समाचार
x