संसद्

देशमा फेरि राष्ट्रिय सहमतिको आवश्यकता छ : दाहाल

इकागज |
जेठ १४, २०७९ शनिबार ११:४५ बजे

फाइल तस्‍बिर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहालले देशमा फेरि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् । शनिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै दाहालले एकता सहमति र सहकार्यको वातावरण बनाउन आवश्यक रहेको बताए ।

‘अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न, राष्ट्रिय सहमति र समझदारीतिर जानुपर्ने हो,’ उनले भने, ‘दोषारोपण गरेर मात्रै समस्याको समाधान हुने स्थिति छैन । देशलाई फेरि एकचोटि सहमतिको आवश्यकता छ । साझा प्रयास, संकल्प र प्रतिबद्धताको आवश्यकता देखिएको छ ।  संसद्मा आलोचना, प्रतिक्रिया र घोचपेचको जुन अवस्था देखियो । एकले अर्कालाई घोचपेच गर्ने तरिका नयाँ हुन सकेको छैन ।'



Author

थप समाचार
x