संसद्

रोष्टमबाट प्रचण्डले ओलीलाई सोधे : दुई पटक प्रधानमन्त्री भएको बैशाखी टेकेर कि सहयोग गरेर ?

इकागज |
जेठ १४, २०७९ शनिबार १२:५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहि दिनअघि संसद्‌मा एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइलाई खण्डन गरेका छन् ।  शनिबार बसेको संसद्‌ बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

'मलाई नमिठो अनौठो लाग्यो अस्ति प्रमुख प्रतिपक्ष दलका प्रमुख नेताले भनेका कुरा । हामी कसैको बैशाखी टेकेर हिड्दैनौँ भन्नु भो । म त्यहीँ अगाडी छु आँखा जुधेको छ । आज आउनु भएन' प्रचण्डले भने 'मेरो अगाडि कम्तिमा पनि जसको सहयोमा दुई पटक प्रधानमन्त्री बन्नुभयो । यो बैशाखी हो कि सहयोग हो ?'


...
'चुनावले बलियो सन्देश दियो ति सबै तत्वलाई दियो जसले संविधान उल्ट्याउन, कमजोर बनाउन, मिच्‍न चाहनेलाई तत्वलाई राम्रो जवाफ दियो' प्रचण्डले भने ।

...
'समस्या समाधन गर्न साझा संकल्प र प्रतिवद्धताको आवश्यक देखिएको छ । तर अस्तिदेखि घोचपेचको अवस्था मात्रै देखियो' प्रचण्डले भने 'तर हामीमा छलफल भएन । समस्या समाधानका लागि नयाँ भिजन दिनेभन्दा एकले अर्कोलाई दोष दिएर बस्यौँ ।'


Author

थप समाचार
x