संसद्

काठमाडौँ र धरानमा नयाँ फूल फुल्नु राजनीतिलाई चुनौती मात्रै होइन कमजोरी सच्याउने अवसर पनि हो  : प्रचण्ड

इकागज |
जेठ १४, २०७९ शनिबार १२:२८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा काठमाडौँ र धरानमा नयाँ फूल फूलेको बताएका छन् ।  शनिबार बसेको संसद्‌ बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले काठमाडौँ महानगरपालिकाका मेयर र धरान उपमहानगरपालिकाको मेयर मात्रै स्वतन्त्र भएको बताए । उनले अन्य ठाउँमा जितेका स्वतन्त्र उम्मेदवार दलका कार्यकर्ता भएको बताए ।


'काठमाडौँ र धरानमा फूल फक्रिए । यही व्यवस्थाको उपलब्धि हो' प्रचण्डले भने 'तर यो राजनीतिलाई चुनौती मात्रै होइन हामीलाई सचेत हुन र कमीकमजोरी सच्याउन अवसर पनि हो ।'

...
एमाले कार्यकर्ताप्रति भरोषा र विश्वास रहेको बताए । प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्भ र अहंकारबाट पछि नहटेको बताएका छन् । तर ओलीले घोचपेच मात्रै गरेको उनले बताए । 'ओली दम्भ र अहंकारबाट पछि हटेनन् । एमाले कार्यकर्ताप्रति भरोषा र विश्वास छ' प्रचण्डले भने 'ओलीसँग यो दम्भ र अहंकार  नहुने हो भने अरु सबै एमालेका कार्यकर्तासँग मिलेर काम गर्न म कठिन हुने देख्दिन । तर अझै बाँण प्रहार गर्नुभयो । आज यो परिस्थित कसले बनायो ? जिम्मेवारी को ?'

...
'मलाई नमिठो अनौठो लाग्यो अस्ति प्रमुख प्रतिपक्ष दलका प्रमुख नेताले भनेका कुरा । हामी कसैको बैशाखी टेकेर हिड्दैनौँ भन्नु भो । म त्यहीँ अगाडी छु आँखा जुधेको छ । आज आउनु भएन' प्रचण्डले भने 'मेरो अगाडि कम्तिमा पनि जसको सहयोमा दुई पटक प्रधानमन्त्री बन्नुभयो । यो बैशाखी हो कि सहयोग हो ?'

...
'चुनावले बलियो सन्देश दियो ति सबै तत्वलाई दियो जसले संविधान उल्ट्याउन, कमजोर बनाउन, मिच्‍न चाहनेलाई तत्वलाई राम्रो जवाफ दियो' प्रचण्डले भने ।

...
'समस्या समाधन गर्न साझा संकल्प र प्रतिवद्धताको आवश्यक देखिएको छ । तर अस्तिदेखि घोचपेचको अवस्था मात्रै देखियो' प्रचण्डले भने 'तर हामीमा छलफल भएन । समस्या समाधानका लागि नयाँ भिजन दिनेभन्दा एकले अर्कोलाई दोष दिएर बस्यौँ ।'


Author

थप समाचार
x