संसद्

संसद्‌मा आगामी आर्थिक वर्षको बजेट पेस (लाइभ)

इकागज |
जेठ १५, २०७९ आइतबार १६:१६ बजे

काठमाडौँ - संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस भएको छ । आज अपराह्न ४ बजे बसेको संयुक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट पेश अनुमति दिएका थिए ।

बैठकमा अहिले अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहेका छन् । यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी आवको बजेट पारित गरेको थियो । प्रतिनिधिसभाको बैठकले शनिबार सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । साथै आर्थिक सर्वेक्षण पनि सार्वजनिक भएको थियो ।



Author

थप समाचार
x