संसद्

भूमिका बदलियो भन्दैमा आँखा चिम्लिएर टिप्पणी नगरौँ : मिनेन्द्र रिजाल

इकागज |
जेठ १७, २०७९ मंगलबार १२:३४ बजे

काठमाडौं – पाँच दलीय गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले भूमिका बदलियो भन्दैमा आफ्नो टिप्पणी आँखा चिम्लिएर गर्न नहुने टिप्पणी गरेका छन् । मंगलबार संघीय संसद्‍मा बजेटमाथिको सैद्धान्तिक छलफलमा उनले विरोधका नाममा विरोध नगर्न आग्रह गरे । 

बजेटको पूरापूर विरोध गरेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता विष्णु पौडेलप्रति कटाक्ष गर्दै उनले भने, ‘भूमिका बदलिएको छ भन्दैमा आज बोल्ने कुरा आकाश–जमिनको फरक हुनुहुँदैन ।’


उनले यस्तो खालको विरोधले देश र अर्थतन्त्र दुवैलाई फाइदा नहुने बताए । देश निर्माणमा प्रतिपक्ष र सत्तापक्ष दुवै मिलेर अगाडि बढ्नुपर्ने बताए । 

‘हिजोको आज हाम्रो भूमिका बद्लियो भन्दैमा हामीले आँखा चिम्लिएर टिप्पणी नगरौँ,’ उनले भने, ‘हिजो आफू त्यहाँ हुँदा खेरि के गर्‍यौँ र आज अर्को ठाउँमा हुँदा खेरि के गर्ने राम्रोसँग सोचौँ । सत्तापक्ष र प्रतिपक्षका नेताहरु, बुद्धिजीवीबीच नेपाल निर्माणका लागि छलफल गरौँ ।’


Author

थप समाचार
x