वर्षमान पुनको धारणा : बजेट राम्रो छ, कार्यान्वयन गर्न पनि गाह्रो छैन
काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेटको समर्थन गरेको छन् । मंगलबार बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले बजेट सबै दृष्टिले राम्रो भएको बताए ।
उनले बजेट कार्यान्वयनको पक्षबाट पनि विशेष रहेको बताए । ‘यसपटकको बजेटको एउटा विशेषता के रह्यो भने बजेटका सिद्धान्त र प्राथमिकताहरू समान छन् । सरकारका नीति तथा कार्यक्रममा बजेट एउटै सिद्धान्त, प्राथमिकता र दिशानिर्देशमा आएको हुनाले यो बजेट राम्रो छ । यो बजेट कार्यान्वयन गर्न पनि गाह्रो छैन ।’
उनले सरकारले धान, मकै, गहुँ, तरकारी फलफूलको आयातलाई ३० प्रतिशत घटाउन लिएको नीतिको तारिफ गरे । यो नीतिले व्यापार घाटा कम गर्न सहयोग गर्ने उनले बताए ।
त्यस्तै, गरिबीको रेखामुनि रहेका ८ लाख नागरिकलाई माथि उकास्ने, भूमिहीन दलितलाई ३ वर्षभित्र आवास उपलब्ध गराउने, प्रत्येक वर्ष ३० प्रतिशत वेरोजगारी घटाउनेलगायतका सरकारले लिएका विभिन्न नीतिहरु एकदमै प्रभावकारी रहेको टिप्पणी गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया