संसद्

बजेटमा मधेशलाई ठगियो : प्रदिप यादव

इकागज |
जेठ १८, २०७९ बुधबार १२:३९ बजे

काठमाडौं–जनता समाजवादी पार्टीका नेता तथा संघीय सांसद प्रदिप यादवले मधेश प्रदेशलाई बजेटमा ठगिएको बताएका छन् । उनले प्रतिनिधिसभाको जारी बजेट छलफलमा समग्र बजेट संघीयताको पक्षमा भए पनि मधेश प्रदेशमा बजेटमा ठगिएको बताएका हुन् ।

‘बजेट हेर्दा खुसी पनि लाग्छ । दु:ख पनि लाग्छ । खुसी यसकारण लाग्छ कि संघीयतालाई बलियो बनाउने खालको छ,’ उनले भने, ‘समग्रमा हेर्दै जाँदा बजेट सन्तुलित छैन । खास गरेर मधेशको कुरा गर्ने हो भने यो बजेटमा मधेश प्रदेशलाई पूर्ण रुपले ठगिएको छ ।’


उनले हुलाकी राजमार्ग मधेश प्रदेशकै लाइफलाइन भएता पनि यसका लागि बजेट नछुट्याइएकोमा गुनासो पोखे ।  ‘हुलाकी राजमार्ग मधेश प्रदेशकै लाइफलाइन हो,’ उनले भने, ‘हुलाकी सडकमा थोरै बजेट राखिएको छ । जबकी सडकहरू संरचनाहरू बनाउन बाँकी नै  छ । सरकार र अर्थमन्त्रीको यसको ध्यान जाओस् ।’

यस्तै बजेटमा मधेश प्रदेशको योजना नसमेटिएकाले त्यसमा विचार गर्न माग राखे । ‘बजेटमा मधेश प्रदेशको खासै योजना छैन,’ उनले भने, ‘मधेश प्रदेशलाई दिने अनुदान झन गठबन्धनको सरकारले घटाएको छ । जुन चिन्ता योग्य छ । त्यसमा पुर्नविचार गरियोस् ।’


Author

थप समाचार
x