संसद्

बिउ र मल नपाउने किसानलाई पेन्सनको 'ललिपप' देखाउनु मानहानी : विमलप्रसाद श्रीवास्तव

इकागज |
जेठ १८, २०७९ बुधबार १३:० बजे

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले समयमै बिउ र मल नपाउने किसानका लागि पेन्सनको व्यवस्था गर्छु भन्नु किसानको मानहानी गर्नु भएको टिप्पणी गरेका छन् । 

सरकारले जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमार्फत प्रस्तुत गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा बुधबार संसदमा बोल्दै उनले किसानलाई पेन्सनको ललिपप देखाउनुभन्दा समयमै बिउ र मलको व्यवस्था गर्न अनुरोध गरे ।


‘बजेटमा किसानको पेन्सनको कुरा पनि लेखिएको रहेछ । जुन देशका किसानले समयमै मल र बिउ प्राप्त गरिरहेका छैनन् ती किसानलाई पेन्सनको ललिपप देखाउँदा उनीहरूको मानहानी गरिरहेको महसुस भइरहेको छ,’ उनले भने, ‘तसर्थ म के निवेदन गर्न चाहन्छु भने किसानलाई समयमै उचित मल–बिउ र किसानले उत्पादन गरेका वस्तुहरूलाई उचित बजारको व्यवस्था गरोस् ।’


Author

थप समाचार
x