संसद्

बजेट उत्पादन, स्थिरता र समावेशीतातर्फ उन्मुख छ : अर्थमन्त्री शर्मा

इकागज |
जेठ १८, २०७९ बुधबार १६:२ बजे

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बजेट छलफलमा राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिने क्रममा बजेट उत्पादन, स्थिरता र समावेशीतातर्फ उन्मुख रहेको बताएका छन् ।

‘बहसले नयाँ प्रश्नहरू जन्माएको छ,’ उनले भने, ‘यस बजेटमा मैले प्रस्तुत गरेकाे एउटा वाक्य हो – बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ, र वञ्चितीकरणबाट समावेशीता तर्फको प्रस्थान बजेटको रुपमा प्रस्तुत गरेको छु ।  बजेटको सार यही हो । जति छलफल गरे पनि यसको मुख्य कुरा यही हो । तर यो कुरा कसैलाई असम्भव लाग्छ, कसैलाई सम्भव लाग्छ, कसैलाई हुन त हो यो हुँदैन भन्ने पनि लाग्छ ।’


उनले छलफलमा आएका सबैका कुरालाई धन्यवादसहित स्वीकार गर्ने समेत बताए ।  


Author

थप समाचार
x