लोकप्रिय देखाउने उद्देश्यले चुनावमुखी बजेट आएको छ : शान्ता चौधरी
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद शान्ता चौधरीले सरकारले आफूलाई लोकप्रिय देखाउने गरी बजेट ल्याएको बताएकी छन् । सरकारले जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमार्फत पेस गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै चौधरीले बजेटलाई चुनावी प्रचारप्रसारको संज्ञा दिइन् ।
‘पराधीन अर्थतन्त्र, दलाल पूँजीवादको करक्क पारेको बजारको अवस्था, श्रम र स्रोत बाहिरिएकाे कहालीलाग्दो परिस्थिति, बढ्दो महँगी र नगन्य आन्तरिक नै अहिले देशको प्रमुख समस्य हो,’ उनले बिहीबार संसद्मा बोल्दै भनिन्, ‘यस्ता राष्ट्रिय समस्यालाई सम्बोधन गर्नेभन्दा आफूलाई लोकप्रिय देखाउने उद्देश्यले नितान्त चुनावमुखी बजेट आएको छ ।’
सरकारले बजेटमार्फत जनतालाई मुर्ख बनाउने काम गरेको बताइन् ।
‘जताजतै कनिका छरेझैँ गरेको देखाएर जनातालाई मुर्ख बनाउन र देशलाई झन् परिनिर्भर बनाउन यो बजेट ल्याइएको हो,’ उनले भनिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया