संसद्

पेट्रोलियम पदार्थको कर घटाएर मूल्य कम गर्नुपर्छ –सांसद पण्डित

इकागज |
जेठ २०, २०७९ शुक्रबार १२:२३ बजे

काठमाडौँ–एमाले सांसद लालबाबु पण्डितले सरकारले पेट्रोलियम पदार्थको कर घटाएर मूल्य कम गर्नुपर्ने बताएका छन् । उनले एमाले सचेतक विशाल भट्टराईले दर्ता गराएको मूल्यवृद्धि सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बोल्दै यस्तो बताएका हुन् । 


सांसद पण्डितले नेपाल आयल निगमलाई कुनै पनि हालतमा निजीकरण गर्नु नहुने समेत बताए ।  ‘नेपाल आयल निगमलाई कुनै पनि हालतमा निजीकरण गर्नु हुँदैन,’ उनले भने, ‘निजीकरण समस्याको समाधान होइन । अन्तराष्ट्रिय रुपमा पेट्रोलिय पदार्थको मूल्य बढेको भनिएको छ । कर घटाएर मूल्यलाई कम गर्न सकिन्छ ।’



उनले  जनतालाई राहत दिन सार्वजनिक यातायातको साधनहरुमा प्रयोग हुने र जुन घरायसी प्रयोजनको ग्यास लगायतको पेट्रोलिय पदार्थमा फरक फरक दर कायम गरेर सरकारले निर्णय गर्नुपर्ने बताए । 


मूल्य वृद्धि बजार अनुगमन नभएकाले बढेको उनको भनाइ छ । मूल्य वृद्धिले सत्तापक्ष र प्रतिपक्ष दुवैलाई पिरोलेकाले संसदीय छानबिन समिति बनाएर अघि बढ्नुपर्ने उनले बताए । 


‘प्रतिपक्षलाई मात्रै महँगीले पिरोलेको छ भन्ने होइन,’ उनले भने, ‘यसले सत्ता पक्ष र जनतालाई पनि पिरोलिरहेको छ । यो स्थितिमा सरकारले आवश्यक कदम चालोस् र सार्वजनिक रुपमा संसदीय छानबिन समिति बनाएर अघि बढ्ने जुन प्रस्ताव आएको यसमा सरकार हिच्किचाउनु हुँदैन । ’


Author

थप समाचार
x