संसद्

पेट्रोलियम पदार्थमा कर घटाएर राहत दिनुपर्छ : सांसद थापा

इकागज |
जेठ २०, २०७९ शुक्रबार १२:४८ बजे

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले तत्काल भएको मूल्यवृद्धिको समस्या समाधान गर्न  सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर तत्काल राहत दिनुपर्ने बताएका छन् ।

उनले संसद्मा दर्ता भएको मुल्यवृद्धि सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बोल्दै यस्तो बताएका हुन् । ‘पेट्रोलियम पदार्थ हामी अन्तराष्ट्रिय बजारबाट किन्छौँ,’ उनले भने, ‘त्यसमा ६० पैसा मात्रै प्रशासनिक खर्च हो । आयल निगम छैन भन्ने माने पनि एक रुपैयाँको ६० पैसा घट्ने हो । बाँकी त कर हो । पूर्वाधार करलगायत अरु थुप्रै कर छन् । अहिले लगाइएका थुप्रै करहरू घटाएर केही न केही राहत दिनै पर्छ ।’



 उनले तत्कालको समस्या समाधान गर्दै खपत कम गर्ने प्रभावकारी उपाय पनि सरकारले अपनाउनु पर्ने बताए ।  उनले पेट्रोलिय ऐन समेत ल्याउनको लागि आग्रह गरे । नेपाललाई पेट्रोल डिजेल र एलपीजी ग्याँस मुक्त देश बनाउन महत्वाकांक्षी योजना बनाएर काम गर्नुपर्ने उनको भनाइ छ ।  


Author

थप समाचार
x