दैलेखमा पेट्रोलियम पदार्थ उत्पादन अगाडि बढाइयोस् : सांसद रावल
काठमाडौं–एमाले सांसद डा. भीम रावलले दैलेखमा पेट्रोलियम पदार्थ उत्पादन तीव्ररुपमा सुरु गर्न सरकारलाई आग्रह गरेका छन् । संसद्मा जारी मूल्यवृद्धि सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘रुस युक्रेन युद्ध र यस्ता सम्भावित घटना घट्ने कुरालाई ध्यानमा राखेर सबभन्दा पहिले दैलेखमा इन्धन र पेट्रोलियम पदार्थ उत्पादनको कुरा सरकारले तीव्ररुपमा अगाडी बढाओस्,’ उनले भने, ‘पञ्चायतकालमा पनि बाहिर खुला बजारबाट कच्चा पदार्थ ल्याएर भारतमा प्रशोधन गरेर नेपाल त्यसको सह उत्पादन गर्ने गरिएको थियो । खुला बजारबाट कहाँ सस्तो पाइन्छ तेल त्यहाँबाट ल्याउन देशमाथि निर्भर होइन त्यता तर्फ सरकारले तुरुन्तै पाइला चालोस् ।’
उनले विद्युत उपभोगको लागि इन्डक्सन चुलो बाँड्ने भन्दा विद्युत उपभोग गर्ने उपभोक्तालाई विद्युत उपभोगमा सहुलियत दिएर आकर्षण गर्न सरकारले ध्यान दिनुपर्ने बताए । इन्धनमा लगाइएका कर पनि हटाउन समेत उनले आग्रह गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया