संसद्

स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिने उद्देश्य छैन : अर्थमन्त्री शर्मा

इकागज |
जेठ २०, २०७९ शुक्रबार १६:१९ बजे

काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिने उद्देश्य नभएको बताएका छन् । प्रतिनिधिसभाको बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । 

‘स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिने उद्देश्य छैन,’ उनले भने, ‘अध्ययन गर्ने भन्ने मात्रै भनिएको हो । त्यसलाई दिइँदैन भन्ने कुरामा म स्पष्ट गर्न चाहन्छु ।’ स्वास्थ्य बीमा कार्यक्रम निजी बीमा कम्पनीलाई दिइन लागेको भनेर नेपाली कांग्रेसका सांसद गगन थापा, एमाले सांसद योगेश भट्टराई लगायतले प्रश्न उठाएका थिए । 



Author

थप समाचार
x