सार्वजनिक पद धारण गरेका व्यक्तिले हिंसा पीडितलाई धम्क्याए २ वर्ष कैदको व्यवस्था गर्नुपर्छ : गगन थापा
काठमाडौँ–नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले सार्वजनिक पद धारण गरेको व्यक्तिले यौन हिंसाका पीडितलाई धम्क्याए कम्तिमा २ वर्ष कैदको व्यवस्था गर्नुपर्ने बताएका छन् । यौन हिंसाविरुद्धको केही ऐनलाई संसोधन गर्न संसदमा प्रस्तुत विद्येयकको छलफलको थापाले यस्तो बताएका छन् ।
‘प्रस्तावित कानुनहरूले हाम्रो कानुनलाई थप प्रगतिशिल बनाउँछ,’ सांसद थापाले विद्येयकको स्वागत गर्दै भने, ‘दफा २ सय २७ मा भनिएको सार्वजनिक पद धारण गरेकोले पीडितहरूलाई धम्क्याउने वा प्रलोभनमा पार्ने गर्दा ६ महिना बढी कैद भनिएको छ । तर यसलाई कम्तिमा पनि २ वर्ष बनाउनुपर्छ ।’
उनले जनप्रतिनिधिहरू पनि पीडितलाई धम्क्याउने काममा संलग्न भएको थुप्रै उदाहरण भएकाले सजाय बढाउन माग गरेको बताए । सांसद थापाले हदम्यादले पीडितलाई न्याय दिन नसकेको भन्दै हदम्यादमा पुर्नविचार गर्नुपर्ने बताए ।
‘हदम्यादको पुर्नविचार गर्नुपर्छ,’ उनले भने, ‘हामीले कानुन बनाउँदै गर्दा यस्तो घटना कसरी नियन्त्रण गर्न सकिन्छ भनेर सोच्नु पर्छ । केही व्यवस्था कानुनमै छन् । तर त्यसको राम्रोसँग प्रयोग भएको छैन । अब संसोधन गरेर कानुन ल्याइँदै गर्दा त्यो विषयमा पनि ध्यान दिइयोस् ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया