संसद्

गृहमन्त्रीलाई सांसद विकको प्रश्न–गोली चलाउने आदेश कसले दियो ?

इकागज |
जेठ २४, २०७९ मंगलबार १३:६ बजे

काठमाडौं–सांसद विमला विकले गृहमन्त्री बालकृष्ण खाँडलाई बर्दियामा भएको घटनामा गोली चलाउने आदेश कसले  दिएको हो भन्दै प्रश्न गरेकी छिन् । गृहमन्त्रीले त्यसबारे उठेको प्रश्नमा गृहमन्त्रालयले आदेश नदिएको बताएका थिए । तर उनको उत्तरमा सांसदले चित्त नबुझाएपछि उनलाई फेरि प्रश्न सोधिएको थियो । 

‘हिजो भएको सडक अवरुद्धमा गोलीहान्ने आदेश कस्ले दियो म  प्रश्न गर्न चाहन्छु,’ सांसद विकले भनिन्, ‘तपाईँले भन्नुहुन्छ, गृहमन्त्रालयले आदेश दिएको होइन । सिडियो भन्नुहुन्छ मैले दिएको होइन । एसपी भन्नुहुन्छ मैले दिएको होइन । आदेश कसले दिएको हो त ? हाम्रो प्रहरी छाडा हो त उसले जहाँ पनि गोली चलाउन पाउँने ?’


उनले बर्दियामा भएको घटनामा गोली चलाउने अधिकार कसलाई छ गृहमन्त्रीज्यू ? भन्दै प्रश्न गरेकी छिन् । बर्दियामा बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि स्थानीय आन्दोलनमा उत्रिएका थिए । त्यही क्रममा प्रहरीको गोली लागि नविना थारुको मृत्यु भएको थियो । 


Author

थप समाचार
x