संसद्

उपसभामुख पद खारेज गरौँ : सिंह

इकागज |
जेठ २५, २०७९ बुधबार १२:३२ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले उपसभामुख पद खारेज गर्न माग गरेका छन् । बुधबारको प्रतिनिधि सभाको बैठकको बोल्दै उनले यस्तो माग राखेका हुन् । 

‘हामीले कस्तो संसदीय व्यवस्था अगाडि बढाउनु खोजेका छौँ ,’उनले भने, ‘उपसभामुख पद चाहिएन भने पदै खारेज गरौँ । चाहिन्छ भने उपसभामुखको पद अहिले सम्म नियुक्ति किन भएन ? उपसभामुखको कारणले सभाको खर्च बढ्छ भने उपसभामुख पद खारेज गरौँ ।’


उनले प्रतिनिधि सभाको राज्यव्यवस्था समिति र सुशासन समिति पनि हटाउन माग गरे ।  ‘प्रतिनिधि सभाको राज्यव्यवस्था समिति र सुशासन समिति छ,’ उनले भने, ‘त्यसले पनि एक सालदेखि काम गरिरहेको छैन । त्यो पनि चाहिएन भने त्यसलाई पनि खारेज गरौँ । त्यहाँका मान्य सदस्यहरूलाई अर्को समितिमा पठाउँ । उपसभामुख पद र राज्यव्यवस्था समिति पनि हटाउँ । किनकी सरकारलाई यी समितिहरु चाहिँदैन चाहिँदैन ।’ 


Author

थप समाचार
x