संसद्

सरकारलाई हृदयेश त्रिपाठीको प्रश्न–थारु र मधेशीलाई हेर्ने नजर कहिले परिवर्तन हुन्छ ?

इकागज |
जेठ २६, २०७९ बिहीबार ११:४० बजे

काठमाडौं–सांसद हृदयेश त्रिपाठीले सरकारलाई थारु र मधेशीलाई प्रहरी प्रशासनले हेर्ने दृष्टिकोण कहिले परिवर्तन हुन्छ भनि प्रश्न गरेका छन् । उनले  संसदको बिहीबारकाे बैठकमा  बर्दियामा घटनाबारे बोल्दै यस्तो प्रश्न गरेका हुन् ।

‘बर्दियामा बाघको आक्रमणबाट बच्न खोज्दा पुलिस रुपी राक्षसको आक्रमणबाट मृत्यु भयो,’ उनले भने, ‘हाम्रा पुलिस प्रशासनले थारु र मधेशीलाई हेर्ने वित्तिकै गोली नै हान्नु पर्ने जुन प्रवृत्ति छ । यो घृणा कहिले अन्त्य हुने ? यस्तै प्रति घृणा अर्को तर्फ हुन थाल्यो भने हामी कहाँ पुगिने हो ? यो साह्रै चिन्ताको विषय छ ।’


बर्दियामा बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि स्थानीय आन्दोलनमा उत्रिएका थिए । त्यही क्रममा प्रहरीको गोली लागि नविना थारुको मृत्यु भएको थियो । 
उनले लाल आयोगको प्रतिवेदनमा पुलिसको ज्यादतीको फेहरिस्त भएकाले त्यो सार्वजनिक हुन नसकेको समेत बताए । 

उनले घुमुवा प्रहरीलाई हटाउन समेत सरकार समक्ष माग गरे । ‘यो घुमुवा भन्ने प्रहरी व्यवस्था गरेको रहेछ,’ उनले भने, ‘कुन वैज्ञानिकले गरेको हो । यिनले भष्टाचारकालागि विचौलिया र दलालको काम गर्दो रहेछन् । प्रमुख आइजीपीलाई भन्न चाहान्छु त्यसलाई हटाइदिनु पर्‍यो।’ 


Author

थप समाचार
x