सांसद विमला विकको प्रश्न - सरकारलाई सँधै 'अप्रिल फुल' हो ?
काठमाडौं– सांसद विमला विकले सरकारलाई सँधै 'अप्रिल फुल' मनाउने हो भनेर प्रश्न गरेकी छिन् । उनले शुक्रबारको संसद् बैठकको शून्य समयमा बोल्दै उनले सरकारलाई यस्तो प्रश्न गरेकी हुन् ।
‘म सरकारलाई भन्न चाहान्छु सात दिन अगाडि सरकारले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ घटाएँ भन्यो फेरि हिजो रातिबाट भन्यो प्रतिलिटर १२ बढाएँ,’ उनले भनिन्, ‘केही दिन अगाडि भन्यो आइतबार सार्वजनिक बिदा हो । र केही दिनपछि बिदा होइन भन्यो । के यो सरकारलाई सँधै अप्रिल फूल हो ?’
सांसद विकले किसान मल नभएर हैरान भएको समेत उनले बताइन् । उनले सरकारलाई किसानले कहिले मल पाउने भन्दै प्रश्न गरिन् । ‘वर्षसँगै धान खेती सुरु भएको छ । किसान मल खोज्न हैरान छन्,’ उनले भनिन्, ‘हामी मन्त्री ज्यू खोज्न हैरान छौँ । न किसानले मल भेटे । न हामीले मन्त्री भेट्यौँ । म सरकारलाई सोध्न चाहन्छु किसानले मल पाउँछन् कि पाउँदैनन् ?’
किसानले मल नपाए उनीहरूले सीमाबाट ल्याएको मल पनि सरकारले खोस्न नमिल्ने उनको भनाइ थियो । ‘यदि किसानले मल पाउँदैनन् भने किसानले टाउकोमा बोकेर सीमापारिबाट ल्याएको मल खोसेर बहादुरी देखाउने काम नगरियोस्,’ उनले भनिन्, ‘त्यसरी ल्याएको मलबाट धान बढी फलेछ भने यहि सरकारलाई सुविधा हुनेछ कि हाम्रो कुशल व्यवस्थापनले उत्पादन बढ्यो भनेर ।’
काठमाडौँको गुरुकुलमा बर्दियाबाट आएका तीन बालबालिकालाई दलित भएकै कारणले भर्ना नगरेको विषयमा सरकारले किन दण्डित नगरेको भनि प्रश्न समेत उठाइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया