सांसद कर्णको प्रश्न– १५ लाखमा मेडिकल विद्यार्थी पढाउँछु भन्दा सरकारले किन नसुन्ने ?
काठमाडौं – लोकतान्त्रिक समाजवादीका पार्टीका सांसद लक्ष्मणलाल कर्णले ख्वप कलेजले मेडिकलका विद्यार्थीलाई १५ लाखमा पढाउँछु भन्दा सरकारले किन नसुनेको भन्दै प्रश्न उठाएका छन् । शुक्रबारको मन्त्रालयगत विनियोजित बजेटको छलफलमा बोल्दै उनले सरकारलाई प्रश्न गरेका हुन् ।
‘मान्य प्रेम सुवाल जी ले कुनै पनि कुरामा कहिल्यै पनि उहाँको सहभागिता नभएको देख्दिनँ,’ उनले भने, ‘उहाँले एउटा कुरा बराबर भन्नुहुन्छ । कुनै मन्त्री र राज्यबाट पनि सुनिँदैन । म उहाँको धेरै कुरामा असहमत छु । तर एउटा कुरा भन्नु हुन्छ– १५ लाखमा ‘ख्वप युनिभरर्सीटी’ले मेडिकल विद्यार्थी पढाउँछ भन्ने के त्यो सानो पार्टी एउटै सांसद भएको कुराले नसुन्ने हो त ? राज्य यस किसिमबाट चल्ने हो त ?’
उनले संसद्मा सबै सांसदकाे भूमिका अहम हुने भन्दै सबैले बोलेको कुरालाई मन्त्रीहरूले उचित सम्मान दिनु पर्ने बताए । ‘यो संसद् हो, यहाँ सांसदकाे अहम भुमिका हुन्छ,’ उनले भने, ‘मन्त्रीहरूले सबै सांसदहरूले बोलेको कुरालाई उचित सम्मान दिनुपर्छ । सरकारी पक्षका सांसद हो भने उसका अलग कुरा, विपक्षी हो भने उसका अलग कुरा, सानो पार्टी भए कुनै नसुन्ने ?’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया