संसद्

सांसद पाण्डेको प्रश्न – संसदबाट नगरिकता विद्ययेक कहिले पारित हुन्छ ?

इकागज |
जेठ २९, २०७९ आइतबार १३:१५ बजे

काठमाडौं–नेकपा एमालेकी सांसद विन्दा पाण्डेले सरकारलाई नागरिकता विद्ययेक कहिले पारित हुन्छ भनेर प्रश्न गरेकी छिन् । आइतबार संसद् बैठकको शून्य समयमा बोल्दै उनले सरकारलाई प्रश्न गरेकी हुन् । 

‘नागरिकता विहीन नागरिकहरू नागरिकता विद्ययेक पारित भयो भन्ने समाचारको प्रतिक्षामा छन्,’ उनले भनिन्, ‘राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर आएको उक्त विद्ययेकको प्रतिवेदन २ वर्षदेखि संसद्मा रहेको छ । सदनबाट कहिले पारित हुन्छ ?’


सांसद पाण्डेले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सन्दर्भमा गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदनबारे पनि प्रश्न उठाएकी छिन् । 

‘संविधानको धारा ५३ मा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सन्दर्भमा गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवदेन प्रधानमन्त्री मार्फत संघीय संसदमा पेश गर्ने व्यवस्था गरेको छ,’ उनले भनिन्, ‘संसद्को सिंगाे कार्यकालको अन्तिम अधिवेशनमा आउँदा समेत ती प्रतिवेदनहरू पास नहुनुले सरकार र समितिको भूमिकाप्रति प्रश्न उठेको छ । यी दुवै प्रतिवेदनहरू सदनको यस कार्यकालमा प्राप्त गर्न पाइन्छ कि पाइँदैन ? वा कहिलेसम्ममा पेश हुन्छ ?’ 


Author

थप समाचार
x