संसद्

मन्त्रीहरूलाई गंगा चौधरीले भनिन्–जनताको संरक्षण गर्न नसक्ने तपाइँहरूलाई कुर्सीमा बस्ने अधिकार छैन

इकागज |
जेठ २९, २०७९ आइतबार १५:४५ बजे

फाइल फोटो

काठमाडौैँ - सांसद गंगा चौधरीले जनताको संरक्षण गर्न नसकेको भन्दै मन्त्रीहरुलाई कुर्सीमा बस्ने अधिकार नरहेको बताएकी छन् । 

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उनले थारू समुदायको संरक्षण र संविधानप्रदत्त अधिकारसमेत दिएको आरोप लगाउँदै मन्त्रीहरूलाई मन्त्रीको कुर्सीमा बस्ने अधिकार नै नरहेको बताइन् । 


राजनीति सिद्धान्त, दायित्व र मौलिक हकबारे संविधानमा हेर्न आग्रह गर्दै उनले विभागीय मन्त्रीहरूलाई जिम्मेवारीको कुर्सीमा बस्ने अधिकार र हैसियत नै नभएको बताइन् । 

‘विभागीय मन्त्रीज्यूहरू, तपाइँहरु के गरेर कुर्सीमा बस्नुभएको छ । जनताको संरक्षण गर्न सक्नुहुन्न भने तपाइँहरुको कुर्सीमा बस्ने हक अधिकार र हैसियत पनि छैन्,’ उनले भनिन् । 

थारू समुदाय नेपाली नागरिक होइन र भन्दै प्रश्न गर्दै उनले थारूमाथि नै राज्यबाट अन्याय भएको बताइन् । 
 


 


Author

थप समाचार
x