संसद्

स्वास्थ्य बीमाबारे सरकारको दृष्टिकोण प्रष्ट हुनुपर्छ : सांसद संग्रौला

इकागज |
जेठ २९, २०७९ आइतबार १६:४० बजे

काठमाडौँ – नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले स्वास्थ्य बीमाबारे सरकारको दृष्टिकोण प्रष्ट पार्न  माग गरेकी छन् । उनले संसद्को बैठकमा मन्त्रालयगत विनियोजित बजेट माथि भएको छलफलमा बोल्दै स्वाथ्य बीमामा सरकारको दृष्टि स्पष्ट पार्न माग गरेकी हुन् । 

सांसद संग्रौलाले निजी जोखिम राज्यले व्यहोर्ने र मुनाफा नीजि कम्पनीले कमाउने मोडेलमा सरकार जानु नहुने बताइन् । ‘निजी बीमा कम्पनीहरुले मुनाफामा मात्रै आँखा लगाइ रहेका हुन्छन, प्रिमियम तिर्न नसक्ने न्यून आय वर्गको जोखिम उनीहरु व्यहोर्न चाहँदैनन्,’ उनले भनिन्, ‘जोखिम राज्यले व्यहोर्ने, मुनाफा चाहिं निजी कम्पनीले कमाउने मोडेलमा हामी जानु हुँदैन ।’ 



उनले नीजि अस्पतालहरूको सेवा आम मानिसको पहुँचमा नभएको भन्दै स्थानीय  तहका आधारभूत अस्पतालहरूमा दक्ष जनशक्ति, उपकरण र औषधी पु¥याउन सरकारको योजना कस्तो भन्दै प्रश्न गरिन् । ‘निजी अस्पतालहरुको उपचार आम नेपालीको पहुँचमा छैन भने अधिकांश सरकारी अस्पतालहरुमा भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध छैन,’ उनले भनिन्, ‘यस्तो अवस्थामा आगामी आर्थिक वर्ष स्थानीय तहमा निर्माण सम्पन्न गरिने भनिएका ६५५ आधारभूत अस्पतालहरुमा दक्ष जनशक्ति, उपकरण र औषधि पुराउन सरकारसंग कस्तो योजना छ ?’ 


उनले सरकारले ल्याएको २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट रुपमा  ५ हजार रुपैयाँ पोषण खर्च उपलब्ध गराउने कार्यक्रमको प्रशंसा समेत गरिन् । 
 


Author

थप समाचार
x