संसद्

असार १५ सम्ममा मल उपलब्ध हुन्छ : मन्त्री यादव

इकागज |
जेठ ३१, २०७९ मंगलबार १४:१३ बजे

काठमाडौं–कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले असार १५ सम्ममा किसानलाई मल उपलब्ध भइसक्ने बताएका छन् । मन्त्री यादवले मन्त्रालयगत बजेट छलफलमा संसद्मा उठेका प्रश्नहरूको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन् । 

‘असार १५ गतेसम्म मल उपलब्ध हुन्छ,’ उनले भने, ‘डिएपी र युरिया दुवै उपलब्ध हुन्छ ।  ८० हजार मेट्रिक टन युरिया आउने प्रक्रियामा छ । १४ हजार हाराहारी मल अहिले पनि हामी सँग पनि छ । १५/२० हजार मेट्रिक टन डिएपी पनि आउँछ ।’


उनले अहिले विकल्पको रुपमा नानो मल (झोल मल) ल्याइएको पनि बताए ।  ‘यसको विकल्पको लागि नानो ​ (झोल मल) युरिया ल्याउँदै छौँ,’ उनले भने, 'विराटनगरमा हिजै त्यहाँको कृषि मन्त्रीले उद्घाटन गुर्न भएको छ । आजबाट बजारमा गएको छ । यसलाई १ लिटरको ८ सय मूल्य पर्छ । १ बिघा जमिनलाई त्यसले नाइट्रोजन दिन्छ ।  हामीले १ बोरा खर्च गर्ने ठाउँमा त्यसले १ लिटरले  पुग्छ । ५ लाख लिटर भारत सरकारले दिने निर्णय गरेको छ ।’

उनले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा किसान पेन्सन पनि यसै वर्षबाट सरकारले दिने पनि बताए । यसका लागि कार्यविधि बनाउनुपर्ने उनको भनाइ छ । 


Author

थप समाचार
x