संसद्

प्रेम सुवालको प्रश्न – परराष्ट्रमन्त्रीको काम युवालाई राहदानी बाँड्ने कि देशमा रोजगारी दिने ?

इकागज |
जेठ ३१, २०७९ मंगलबार १६:३५ बजे

काठमाडौँ– नेपाल मजुर किसान पार्टीका सांसद प्रेम सुवालले परराष्ट्रमन्त्री नारायण खड्कालाई युवालाई राहदानी बाँड्ने कि विदेशी प्रविधि ल्याएर देशमा रोजगारी दिने भनी प्रश्न गरेका छन् । संसद्मा जारी मंगलबारको विनियोजन विद्ययेकको छलफलमा बोल्दै उनले परराष्ट्रमन्त्रीलाई प्रश्न गरेका हुन् ।

‘परराष्ट्रमन्त्रीजीको काम युवालाई राहदानी बाँड्ने कि विदेशी प्रविधि ल्याएर देशमा रोजगारी दिने ?,’ उनले भने । 


उनले एसपीपीबारे अमेरिकी मन्त्रीले प्रधानमन्त्री पत्नी आरजु राणासँग छलफल गरेको विषय सत्य भए/नभएकाेबारे समेत प्रष्ट्याउन माग गरे । सांसद सुवालले १ सय ७६  देशसँग दौत्य सम्बन्ध भएता पनि कुनै पनि देशबाट मल ल्याउन र कारखाना खोल्न पहल नगर्ने कुटनीतिक असफलता किन भएको भन्दै परराष्ट्रमन्त्रीलाई जवाफ दिन आग्रह गरे। 
 

 


Author

थप समाचार
x