संसद्

आज पनि संसद्‌ बैठक, मन्त्रालयगत बजेटमाथि ११ मन्त्रीले जवाफ दिने

इकागज |
असार १, २०७९ बुधबार ७:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ । बैठक संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्‍नेछ ।

पछिल्ला दिनमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएको प्रश्नमाथि मन्त्रीहरूले जवाफ दिइरहेका छन् । आज ११ जना मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । 


संसद्‌ सचिवालयका अनुसार गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, सहरी, उद्योग, कानुन र सञ्चार मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने छन् । 

सांसद प्रेम सुवाल, दुर्गा पौडेल, शिवमाया तुम्वाहाङफे, जगतबहादुर सुनार, घनश्याम खतिवडा, गोकर्ण विष्ट, जुली कुमारी महतो, आशा कुमारी विक, नरबहादुर धामी, भानुभक्त ढाकाल, वसन्त कुमार नेम्वाङ, पद्यमा आर्याल, विमला विक, लालबाबु पण्डित, गोकुल बाँस्कोटा, यज्ञराज सुनुवार, सूर्य पाठक, भीम रावल, नवराज शिलवाल, दीपक प्रकाश भट्ट, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङले राखेको खर्च कटौतीको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ । 


Author

थप समाचार
x