एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले संसद्मा आफ्नो धारणा राख्नुपर्छ : गगन थापा
काठमाडौं–कांग्रेस महामन्त्री एवम् सांसद गगन थापाले एसपीपी सम्झौताको बारेमा प्रधानमन्त्रीले संसद्मा आफ्नो धारणा स्ष्पट रुपमा राख्नुपर्ने बताएका छन् । उनले बुधबार संसद् वैठकको विशेष समयमा बोल्दै सरकारलाई एसपीपी पारे स्पष्ट धारणा राख्न आग्रह गरेका हुन् ।
‘प्रमुख प्रतिपक्षीको तर्फबाट एसपीपी सम्झौताको बारेमा गम्भिर विषयहरू उठे,’ उनले भने, ‘यो विषय सरकारसँग सम्बन्धित छ । संसदमा यत्तिको विषय उठिसकेपछि रक्षा मन्त्रालयको जिम्मेवारी पनि समहाल्नु भएको प्रधानमन्त्रीले स्वयं संसदमा उभिएर तत्काल यसकोबारेमा आफ्नो धारणा राख्नुपर्छ । यो सम्झौता के हो ? कसको पालामा सुरु भयो ? कहाँबाट आयो ?’
उनले समचार विभिन्न कुराहरू आइरहेकाले यसबारले सरकारले स्पष्ट पार्नुपर्ने भनाइ राखे । ‘हामी बाहिर छापाहरूमा पढिरहेका छौँ, यो दशबुँदा,’ उनले भने, ‘एउटा पक्ष भन्छ यो असत्य हो, यस्तो कुनै बुँदै छैन । सेनाका प्रवक्ता भन्नुहुन्छ यसका बारेमा आजसम्म हामीले थाहा पाएका छैनौँ । तर समाचारहरू प्रसस्ता आइरहेका छन् । नेसनल गार्डको वेभसाइट हामीले हे¥यौँ भने २०१९ पूर्वर्तिको सरकारको पालामै अहिले जुन सम्झौताको बारेमा चर्चा भयो यो प्रस्ताव त्यहिबेलामा आएको थियो । पूर्ववर्ति रक्षा मन्त्रीहरूले हामी सकरात्मक भएको भएर यसलाई अगाडि बढाएको भन्ने पनि कहीँ कहीँ समचारहरू पाइन्छ ।’
यति कुरा आइसकेपछि प्रधानमन्त्रीले आजै यहाँ उभिएर तत्काल आफ्ना कुराहरू प्रष्टसँग राख्नुपर्ने उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया