कानुन मन्त्रीलाई सांसद विमला विकको प्रश्न- निहारिकाको आन्दोलनलाई कहिले सम्बोधन गर्नुहुन्छ ?
काठमाडौँ- नेकपा एमालेकी सांसद विमला विकले कानुन मन्त्रीलाई अहिले आन्दोलनमा रहेकी निहारिका राजपुतको आन्दोलनलाई कहिले सम्बोधन गर्नुहुहुन्छ भनेर प्रश्न गरेकी छिन् । उनले संसद्को बुधबारको बैठकमा कानुन मन्त्री गोविन्दप्रसाद शर्माको जवाफमा स्पष्टिकरण माग्ने क्रममा निहारिकाको प्रश्न उठाएकी हुन् ।
‘१७ वर्षमा उमेरमा बलात्कृत भएकी निहरिका २१ महिनाको दुधे बालक च्यापेर काठमाडौंमै आमरण अनशनमा हुनुहुन्छ,’ उनले भनिन्, ‘उहाँ भोकै मर्छु, तर न्यायकालागि पछ हट्दिन भन्नुहुन्छ । उहाँलाई बालात्कार गर्ने श्रेष्ठ थरका एकजना पुरुष समाजमा रजगज गरेर बसिरहेका छन् । मान्य मन्त्रीज्यूले कहिले थुन्नुहुन्छ ?र निहारीकाको आन्दोलनलाई सम्बोधन गर्नुहुन्छ ?’
नागरिकलाई न्यायप्रति विश्वास घटेको भन्दै उनले नागरिको निराशा मेट्न मन्त्रीले के काम गर्नुहुँदैछ भनेर समेत स्पष्टिकरण माग गरेकी छिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया