संसद्

सरकार निजगढ विमानस्थल बनाउन प्रतिबद्ध छ : मन्त्री आले

इकागज |
असार १, २०७९ बुधबार १९:१४ बजे

फाइल तस्बिर

काठमाडाैँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सरकार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।

सर्वोच्च अदालतले सो विमानस्थलको निर्माणको सबै काम रोक्न आदेश दिएका बेला मन्त्री आलेले यस्तो प्रतिबद्धता जनाएका हुन् । बुधबार प्रतिनिधि सभा बैठकमा विनियोजन बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यात्रुको चापलाई ध्यानमा राखेर सो विमानस्थल बनाउनै पर्ने अवस्था रहेको जिकिर गरे ।


मन्त्री आलेले सो विमानस्थल निर्माणका लागि २६ करोड बजेट न्यून भएको उल्लेख गर्दै थप बजेट अर्थ मन्त्रालयले निकासा गर्ने विश्वास समेत व्यक्त गरे ।

मन्त्री आलेले सो विमानस्थलको विस्तृत डिजाइनको काम नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत भईरहेको उल्लेख गर्दै त्यसको मोडालिटी तय गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा सिफारिस समिति पनि बनाइएको बताए ।

८ हजार ५० हेक्टर जग्गा सो विमानस्थलको निर्माणका लागि अधिग्रहण भईसकेको पनि उनले उल्लेख गरे । 


Author

थप समाचार
x