संसद्

स्वास्थ्यमन्त्रीलाई योगेश भट्टराईले भने –यो प्रतिनिधिसभा हो, कुस्ती खेल्ने ठाउँ होइन

इकागज |
असार १, २०७९ बुधबार १६:३० बजे

काठमाडौं–नेकपा एमालेका सांसद योगेश भट्टराईले स्वास्थ्यमन्त्री विरोध खतिवडाले संसदमा दिएको जवाफमा टिप्पणी गर्दै प्रतिनिधिसभा कुस्ती खेल्ने ठाउँ नभएको बताएका छन् । उनले स्वास्थ्य मन्त्रालयको विनियोजित बजेटमाथि बीमामाथि उठेका प्रश्नमा मन्त्री खतिवडाले दिएको जवाफमा टिप्पणी गरेका हुन् । 

‘मान्य मन्त्रीज्यू यो गरिमामय संसद्को पुरानो मान्य सदस्य पनि हो,’ उनले भने, ‘मैले उहाँबाट शिष्टता र मर्यादाको भाषाको अपेक्षा गरेको थिएँ । उहाँले ठीक विपरीत संसदलाई यो प्रतिनिधि सभालाई कुस्ती खेल्ने मैदान जस्तो ठानेर जवाफ दिनुभएको छ । म मान्य स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउन चाहान्छु । यो प्रतिनिधिसभा हो कुस्ती खेल्ने ठाउँ होइन ।’


सांसद भट्टराइले मन्त्री खतिवडासँग झगडा गर्न होइन जवाफ चाहेको बताए ।  ‘तपाईँ क्विन्टल हुनुहुन्छ होला,’ उनले मन्त्री खतिवडाको जवाफप्रति व्यंग्य गर्दै भने, ‘तर किलोवाला सांसदले तपाईंसँग झगडा गर्न चाहेका होइनन् । जवाफ चाहेका हुन् ।’

उनले अर्थमन्त्रीको बजेट वक्तव्यबाट बीमाको काम कम्पनीबाट हुन्छ भन्ने कुरा हट्यो कि हटेन भन्दै त्यसको जवाफ मागे । ‘हामीले बीमा बीमा भनेका छौँ,’ उनले भने, ‘तपाईँले जवाफ दिनुभयो त्यही केटी चाहिन्छ । चाहे तपाईँलाई नै त्यो प्रसंग लाग्छ जस्तो मलाई लाग्छ । तपाईँले जतिसुकै भनेपनि अर्थमन्त्री जीको बजेट वक्तव्यबाट त्यो हट्यो कि हटेन ? हामीले खोजेको त्यो हो । अर्थमन्त्रीको बजेट वक्तव्यबाट बीमाको काम कम्पनीबाट हुन्छ भन्ने कुरा हट्यो कि हटेन ? तपाईँले जवाफ दिनुहोस् ।’


Author

थप समाचार
x