बजेट बनाउँदा राष्ट्रघात भए त्यसको सम्पूर्ण जिम्मा लिन्छुः अर्थमन्त्री शर्मा
फाइल तस्बिर
काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दलको अवरोधबीच संसद्मा मन्त्रालयका लागि विनियोजित बजेट र योजनाका बारेमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् ।
एमाले सांसद भानुभक्त ढकालले शर्मामाथि गम्भीर प्रश्न उठेको अवस्थामा प्रतिपक्षले अर्थमन्त्रीलाई स्वीकार गर्न नसक्ने बताए । उनले कि अर्थमन्त्रीको राजीनामा नभए संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्याएका थिए ।
अर्थमन्त्री शर्माले बजेट बनाउँदा राष्ट्रघात नभएको उनले बताए । ' राष्ट्रघात भए त्यसको सम्पूर्ण जिम्मेवार लिन्छु,' उनले भने,' कर्मचारीले करको दर परिवर्तन गरे होलान । मन्त्री रातभर बस्दैनन् । म यस विषयमा गम्भीर छु र राष्ट्रघात भएको छैन ।'
अर्थमन्त्री रोष्ट्रममा पुगेपछि एमालेका सांसद हृदयेश त्रिपाठीले पनि सभामुख सापकोटालाई संसदीय समिति गठन गर्न माग गरेका थिए । उनले अर्थमन्त्रीमाथि कर, भन्सार र राजश्वका दर निर्धारण गर्ने क्रममा गम्भीर प्रश्न उठेको भन्दै संसदीय मान्यतालाई ध्यानमा राखेर संसदीय छानबिन समिति गठन गर्न माग गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया