संसद्

एसपीपीमा आबद्ध हुने सम्बन्धमा नेपाल सरकारले कुनै निर्णय गरेको छैन  : सञ्चार मन्त्री कार्की

इकागज |
असार २, २०७९ बिहीबार १५:३५ बजे

काठमाडौं–सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एसपीपी सम्झौतामा आवद्ध हुने सम्बन्धमा नेपाल सरकारले कुनै पनि निर्णय नगरेको बताएका छन् । संसद्को बिहीवारको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको विनियोजित बजेट छलफलमा उठेका प्रश्नको उत्तर दिँदै उनले यस्तो बताएका हुन्  ।

‘संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राममा आवद्ध हुने सम्बन्धमा नेपाल सरकारले कुनै निर्णय गरेको छैन,’ उनले भने, ‘र गर्ने सोच पनि राखेको  छैन ।’
मन्त्री कार्कीले संविधानको धार ५३ अनुसार नेपाल सरकारको वार्षिक प्रतिवेदन सम्माननिय राष्ट्रपति समक्ष बुझाइ संसद्मा पेश भएको समेत जानकारी गराए । 



Author

थप समाचार
x