संसद्

प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित

इकागज |
असार २, २०७९ बिहीबार १७:१० बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका सांसदहरुको बहिष्कारकाबीच प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।


अर्थमन्त्री शर्माले उक्त प्रस्ताव पेश गर्दा एमाले सांसदहरुले सदन बहिष्कार गरेका थिए, त्यसलगत्तै प्रस्ताव पेश गर्दै अर्थमन्त्री शर्माले दुईपटक संसदको विघटन गरेपछि लोकतन्त्रलाई बचाएर वर्तमान सरकार गठन भएको बताए । 

बैठकले विनियोजन विधेयकमाथि परेको खर्च कटौतीको प्रस्ताव समेत अस्वीकृत भएको थियो ।

 


Author

थप समाचार
x