आर्थिक विधेयकमाथि ६ असारदेखि दफावार छलफल हुने
फाइल फोटो
काठमाडौँ - संसदमा आर्थिक विधेयक २०७९ माथि ६ असारदेखि दफावार छलफल हुने भएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्तावलाई प्रस्तुत गरेका थिए ।
सो प्रस्तावलाई स्वीकृत गरेपछि सो विधेयकमाथि ६ असार सोमबारदेखि दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले मिति तोकेका हुन् ।
बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाको अर्को बैठक ३ असार शुक्रबार दिउँसो १ बजे बस्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया