संसद्

म रक्षामन्त्री हुँदा अमेरिकाले एसपीपीको प्रस्ताव गरेकाे थिएन : भीमसेनदास प्रधान

इकागज |
असार २, २०७९ बिहीबार १८:५८ बजे

फाइल तस्बिर

काठमाडाैँ -  नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले आफू रक्षामन्त्री हुँदा अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रस्ताव नगरेको बताएका छन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्‍चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्व रक्षामन्त्री समेत रहेका सांसद प्रधानले सन् २०१७ मा आफू रक्षामन्त्री रहेको र आफ्नो कार्यकालमा अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रस्ताव नगरेको स्पष्ट पारेका हुन् । उनले सन् २०१९ मा एमाले नेतृत्वको सरकारमा रक्षामन्त्री ईश्वर पोखरेल हुँदाखेरी सो विषयको छलफल अगाडि बढेको दाबी गरे ।


सांसद प्रधानले प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणमार्फत् एसपीपी सम्झौता नगर्ने प्रतिवद्धता गर्नु सकारात्मक भएको बताए । उनले भने,‘म रक्षामन्त्री हुँदाखेरी शेरबहादुर देउवाजी प्रधानमन्त्री हुनुहुन्थ्यो २०१७ को कुरा हो । त्यो कुनै किसिमको प्रश्ताव नेपाल सरकारमा आएको पनि, छलफल भएको पनि छैन ।’

सांसद प्रधानले छिमेकी देशहरु भारत र चीनलाई विश्वासमा नलिइकन कुनै तेस्रो देशसँग यस प्रकारको सम्झौता गर्नु नहुने जिकिर गरे ।

 


Author

थप समाचार
x