संसद्

एसपीपीबारे जवाफ दिन प्रधानसेनापति शर्मा संसदीय समितिमा

इकागज |
असार ३, २०७९ शुक्रबार ९:४० बजे

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा भाग लिन सिहदरबार पुगेका छन् ।

अमेरिकी योजना स्टेट पार्टनरसिप (एसपीपी) का बारेमा विवाद भएपछि संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाएपछि सो बिषयमा छलफल गर्न सिंहदरबार पुगेका हुन ।


बिहान ९ बजेदेखि सो समितिले प्रधान सेनापति शर्मासँग जानकारी लिनेछ ।  नेपाली राजनीतिमा एसपीपीबारे विवाद उठेपछि यसबारेमा विभिन्‍न कोणबाट टिका टिप्पणी भइरहेको छ ।  


Author

थप समाचार
x